Monday, July 27, 2026
Home Blog Page 1080
कार्तिक १२, काठमाडौं । तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म...
कार्तिक १२, डोटी । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै...
कार्तिक १२, कोरिया । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर...
कार्तिक १२, भक्तपुर । कोरोना भाइरसको संक्रमणको कारणले अहिलेसम्म भक्तपुर जिल्लामा ६४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेको छ । जसमा पुरुष ३ हजार १ सय ८, महिला २ हजार ३...
कार्तिक १२, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना...
कार्तिक ११, एजेन्सी, टर्की । टर्कीको सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरेका हुन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले कट्टरवादी इस्लामको...
कार्तिक ११, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमामार्फत भनेका छन्–प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ'देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ ज्वरो...
कार्तिक ११, प्युठान । बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो । बन्दुक प्रहारकर्ता हेमलाललाई...
कार्तिक १०, काठमाडौं । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन सुरु भएको छ । तर, कोरोना संक्रमणको कारणे यो वर्ष टिका लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि...
कार्तिक १०, काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् । यसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् । देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ