२९ जना जुवाडे पक्राउ

344

कार्तिक १५,
कैलाली । कैलालीमा प्रहरीले २९ जना जुवाडेलाई प्रकाउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आज प्रहरीले उनीहरु लाई प्रकाउ गरेको हो ।
जुवातास खेलीरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरु बाट नगद रु २,५१,४०० र ८ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन् ।