यसरी गयो सूर्यविनायकमा कृष्णरामको ज्यान

126

कार्तिक १५,
भक्तपुर । शनिबार खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुदाँ सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउदा अनियन्त्रित भई पल्टिई दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताए । ट्याक्टर चालक सोही ट्याक्टर सहित पल्टदै जाँदा ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डिएसपीले बताए ।