-राजकुमार लामिछाने 'प्रीन्स'जाओ यादहरु हो
केही मिठा यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ?
म बर्तमानमा
आफ्नै ख्याल राख्न सकिरहेको छैन
जतन गरेर तिमिहरुलाइ हेरचाह गर्ने
बिल्कुल मेरो रुचि छैन
तिमिहरुको कोसिस
सिर्फ
मलाइ दुखाउनु हो
तर अफसोच
पत्थर भैसकेको मलाइ
कुन घनले चोट पुर्याउछौ
पागल भैसकेको मलाइ
घायल पार्नुको के अर्थ ?
जाओ यादहरु हो
केही मीठो यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ?केही किन्चित सोचिरहेका होलाउ
कि यहि यादमा त यो बाँचेको छ
भो म माथी दया गर्नु...
मंसिर २५,
नगरकोट । नेपाली कांग्रेस मण्डनदेउपुरमा खबरदारी सभा आयोजना गर्ने भएको छ । सो पार्टीको वडा नम्बर ५, कार्यसमितिले स्थानीय तपेश्वर माविको खेल मैदानमा मंसिर २७ गते ११ बजे कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेल, केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आर्चाय, नेताहरु कन्चनचन्द्र बादे, अच्चुत पौडेललगातको...
मंसिर २५,
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद समेत रहेका लामाको कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो । प्रचण्डले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेक छन् । प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण...
मंसिर २४,
द न्यूयोर्क टाइम्स । गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू 'फाइजरु र 'मोडेर्ना' का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो। त्यतिबेलै अमेरिकी सांसद र्याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान त्यसतर्फ आकर्षित गरे। 'यी दुवै नयाँ खोपहरूले आफूलाई ९० प्रतिशत र ९४.५ प्रतिशत प्रभावकारी भनेर दाबी गरिरहेका छन्,' केन्टकी राज्यबाट रिपब्लिकन पार्टीका सांसद...
मंसिर २४,
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै...
मंसिर २४,
काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारी रित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तो हुन्छ ।...
मंसिर २४,
काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ ।...
मंसिर २३,
काठमाडौं । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत...
मंसिर २३,
काठमाडौं । नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको भ त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने सबै कतिपय समस्या आफै हल हुने धारणा राखेको छ । बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि...
मंसिर २३,
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको...










