कविताः जाओ यादहरु हो

286

-राजकुमार लामिछाने ‘प्रीन्स’

जाओ यादहरु हो
केही मिठा यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ?
म बर्तमानमा
आफ्नै ख्याल राख्न सकिरहेको छैन
जतन गरेर तिमिहरुलाइ हेरचाह गर्ने
बिल्कुल मेरो रुचि छैन
तिमिहरुको कोसिस
सिर्फ
मलाइ दुखाउनु हो
तर अफसोच
पत्थर भैसकेको मलाइ
कुन घनले चोट पुर्याउछौ
पागल भैसकेको मलाइ
घायल पार्नुको के अर्थ ?
जाओ यादहरु हो
केही मीठो यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ?

केही किन्चित सोचिरहेका होलाउ
कि यहि यादमा त यो बाँचेको छ
भो म माथी दया गर्नु पर्दैन
मेरो म हुनुको अभिमानलाइ कुल्चिएर
कोमल मुटु माथी लात्ती बजार्दै
मेरो मनलाइ मारेर जन्मिएको तिमिहरुले
मलाइ जिबित राख्ने ढोंग गर्नुको के अर्थ ?
जाओ यादहरु हो
केही मीठो यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ?

न ब्युतिन दिन्छौ मलाइ
न निदाउन दिन्छौ
न चुपचाप बस्न दिन्छौ
न रमाउन दिन्छौ
अतितका ती चित्र
मेरो मनभित्र
चलाएर
मलाइ नै
जलाएर
किन मलाइ
झन झन थिच्छौ
भन ए यादहरु
यसरी तिमिहरुले
कुन युध्द जित्छौ
यो अँध्यारो कुनामा
आवारा झै थुनामा
थुनिनुको के अर्थ
जाओ जाओ जाओ यादहरु हो
केही मिठा यात्राहरुमा
मसंग टाँसिरहनुको के अर्थ ।

चाँगुनारायण ६ तेलकोट, भक्तपुर