मंसिर २३,
इलाम । तीन वर्षअघि देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लाबासी नै बेखबर थिए । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय ९पर्यटनसम्बद्ध० ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको...
मंसिर २३,
काठमाडौं । गायक भिम श्रेष्ठको नयाँ गीत ‘माझी दाई’को भिडियो सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारी र भिमको स्वर रहेको गीतका शब्द शृजना फराज अर्पणका हुन् । प्रेम रोमान्सका दृश्यहरु देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला...
मंसिर २३,
काठमाडौं । कोरोना महामारी सुरु भएसँगै सरकारले हतारमा संघीय संसदको बजेट अधिवेशन चाँडै अन्त्य गर्दा हिउँदे अधिवेशनमा विधेयकको चाप बढ्ने भएको छ ।संघीय संसदका दुवै सदनमा गरी ५० भन्दा बढी विधेयक अलपत्र परेका हुन् । राजनीतिक विमती र संसदीय समितिहरुको सक्रियता नहुँदा नौं वटा विधेयक दुई वर्षदेखि संसदमा अड्किएर बसेका छन् । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा दर्ता भएर...
मंसिर २३
कञ्चनपुर । कञ्चनपुर प्रहरीले चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा अवैध तरिकाले उत्खनन् गरिरहेका ६ वटा स्काभेटर नियन्त्रणमा लिएको छ । बेदकोट नगरपालिका ४ स्थित बगुन खोलामा अवैध तरिकाले उत्खनन् भइरहेको समाचार इमेज च्यानलमा प्रसारण भएलगत्तै प्रहरीले ६ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको हो । सरकारले नदी तथा खोलानालामा उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा चुरे...
मंसिर २३,
टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए । उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज...
मंसिर २२,
काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात्...
मंसिर २२,
स्वास्थ्य । हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ५ उपाय गर्न सकिन्छ ।अदुवा हालेको चिया
अदुवा हालेको चियामा हुने एन्टिइनफ्लेमटरी तत्व हुने भएकाले यसले स्वासप्रश्वास नलीमा विशाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेशियम, जिङ्क र...
मंसिर २२,
खलङ्गा । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला...
मंसिर २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् । ‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘कहिले बोलाउने भन्ने समय फिक्स भएको छैन । तर एकदुई दिनभित्रै हुन्छ होला ।’ नेकपाभित्र विवाद...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेको छन् ।विगत आठ वर्षदेखि अस्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहदै आएका श्रीमान् श्रीमति मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाईमा विभिन्न जिल्लामा खिचेको म्युजिक भिडियो अस्ट्रेलियाबाटै ‘मिलअमु फिल्मस्’ ले सार्वजनिक गरेको हो । देवल भण्डारीको शब्द,...










