Saturday, July 25, 2026
Home Blog Page 1061
मंसिर २८, भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर अस्पताल सुरु गरेको छ । प्रसुती सेवा, नाक कान घाटी रोग, आँखा, ओपिडीलगायतका सेवा दिने तयारीका साथ नगर अस्पतालको सुरुवात गरिएको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन् । हाल १५ सामान्य शैया र अन्य दुई गरी १७ शैया रहेको छ । चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको उद्घाटन गदैं शहरी विकाश मन्त्री कृष्ण गोपाल श्रेष्ठले...
मंसिर २६, काठमाडौं । सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् । रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि...
मंसिर २६, काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ना २ ख २८६८ नम्बरको गाडी एकतर्फी बाटोमा...
मंसिर २६, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वसांसद एवं राजदुत कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले मृत्युशैय्यामा रहेको मान्छेले झुटो नबोल्ने बताउँदै तसर्थ मृत्युअघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको बताए । भट्टराइले जतिसुकै तर्क÷कुतर्क...
मंसिर २६, सिरहा । सिरहा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लामा विगत १६ महिनाको अवधिमा एकसय ९४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले आत्महत्या गर्नेमध्ये महिलाको संख्या बढी रहेको जनाए । तीमध्ये पनि झुन्डिएर आत्महत्या गर्नेहरुको संख्या धेर छ । चालू आर्थिक वर्षमा...
मंसिर २६, काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ । त्यस...
मंसिर २६, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि...
मंसिर २५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ । बिहीबार बसेको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठकले प्रतिबन्धित नेकपालाई हत्याहिंसा छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो । बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मोरङमा गरेको शिक्षक हत्याको विरोध गर्दै हत्यामा संलग्नमाथि कारबाहीकोसमेत माग गरेको...
मंसिर २५, काठमाडौं । कमेडी टिभी सिरीज सक्किगोनि प्रत्येक बिहिबार राति ८ः०० बजे हिमालय टिभी एचडीबाट प्रशारण सुरु भएको छ । आजबाट प्रसारणमा आउन लागेको कलाकार कुमार कट्टेलले जानकारी दिएका छन् ।
मंसिर २५, काठमाडौं । नायिका प्रियंका कार्कीको व्यस्तता बिबाह पछि पनि उस्तै छ । प्रियंका यतिबेला सर्ट फिल्म बसन्तको छायाँकनमा व्यस्त छिन् । व्यस्त प्रियंकाको रमाइलोछ डटकमकालागि कुशल घतानी राईले खिचेका तस्विर हेरौ: