काभ्रेको देउपुरमा कांग्रेसले ‘खबरदारी सभा’ आयोजना गर्दै

347

मंसिर २५,
नगरकोट । नेपाली कांग्रेस मण्डनदेउपुरमा खबरदारी सभा आयोजना गर्ने भएको छ । सो पार्टीको वडा नम्बर ५, कार्यसमितिले स्थानीय तपेश्वर माविको खेल मैदानमा मंसिर २७ गते ११ बजे कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेल, केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आर्चाय, नेताहरु कन्चनचन्द्र बादे, अच्चुत पौडेललगातको उपस्थित हुने सो पार्टीले जानकारी दिएको छ । त्यसैगरि सांस्कृति कार्यक्रमकालागि कलाकार नवराज घोरासैने, अमृता लुङ्गेली मगर, राजु लामाले प्रस्तुती दिनेछन् ।