गोरखापत्र दैनिकमा प्रकाशित समाचारमंसिर ३०, काठमाडौँ । तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा। हेमसागर बरालले बताउनुभयो । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।
उहाँका अनुसार...
कान्तिपुर दैनिकमा प्रकाशित समाचार
मंसिर ३०, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गणर गुल्मपतिहरूलाई भनेका छन् ।पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको...
मंसिर २९,
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर षडयन्त्र बुन्न व्यस्त रहेको आरोप लगाएका छन् । सोमबार कांग्रेसले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुटा मुद्धा लगाउदैं छ ।’ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को समर्थक वा कार्यकर्तालाई चाहीँ जस्तो सुकै अपराध गरेपनि छुट दिने...
मंसिर २९,
काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वर्षको वार्षिकोत्सबको अवसरमा सामाजिक कार्यमा सक्रिय भएको छ । सो अवसरमा प्रभु लाइफ इन्स्योरेन्स लि.बाग्मती प्रदेशको आयोजनामा शाखा कार्यालय कोभिड कीट वितरण गरेको छ । गोंगबुले शाखाले काठमाडौं महानगरपालिका अन्तर्गत बालाजु चोकदेखि महाराजगन्ज चोकसम्म डिउटिमा खटिएका ट्राफिक प्रहरी, फुट्पाथका व्यापार व्यवसाय गर्ने सर्वसाधरण, मजदुर र ज्यालादारी गर्नेहरुलार्इ कोभिड कीट बितरण...
मंसिर २९,
काठमाडौं । पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको नव गठित बागमती बागमती प्रदेशका पदाधिकारीहरुबीच भर्चूवल बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रममा शुभकामना दिदैं नेपाल पन्चाङ्ग निर्णयाक समितिका सदस्य दैवज्ञ कीतिमदन जोशी करिब ६ सय वर्ष अगाडीदेखि नेपालको पात्रो बिग्रीएकाले सुधार गुर्न पर्ने बताएका छन् । उनले पहिले पौष पुर्णिमा उतारायण मंकर संकान्ति उतारायण तर हाल...
मंसिर २९,
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) सोमबारदेखि बिक्री खुल्ला भएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आवेदन दिन मेरो सेयरको मोबाइल एपका साथै ब्राउजरमा मेरो सेयर लगइन गरेर पनि आवेदन दिन सकिने छ। मोबाइल एपमा थपिएको माइ आस्वा फिचरमा क्लिक गरेपछि ब्राउजरबाट आवेदन दिएजस्तै...
मंसिर २८
काठमाडौं । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् । पुष महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट आएका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा आइतबारदेखि प्रदर्शन थालेका हुन् । आफ्नो उखु लगेका चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइदिन उनीहरुले माग गरेका छन् । उनीहरुले मिल मालिकसँग बाँकी रकम...
मंसिर २८,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो । अर्को बैठक पुष १ गते बस्ने भनिएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पनि सहभागी हुनु भएको थियो । उहाँकै आग्रहमा...
मंसिर २८,
अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो । नापी कार्यालयले...
मंसिर २८,
काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही...










