Saturday, July 25, 2026
Home Blog Page 1059
पुस १, भक्तपुर । कामको खोजीमा रहेकी बालिकालाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसंग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडास्थित बाटो माथीको रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई सुरुमा...
पुस १ काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो ।विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण...
पुस १, काठमाडौं । नेकपाभित्रको विवाद उग्र बन्दै जाँदा स्थायी समिति बैठक प्रभावित बनेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेको हो । बरु सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पुनः छलफल सुरु भएको छ। यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल...
पुस १, काठमाडौं । नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात गीतकार 'सियरा'द्धारा रचित गीति एल्बम 'तिम्रो प्रेरणाले' सार्वजनिक भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एल्बमको बिमोचन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सचिब आचार्यको प्रशासनिक क्षमता जस्तै गीत लेखनमा पनि उत्तिकै उर्जा देखिएको बताए । मन्त्री भट्टराईले भने...
पुस १, कैलाली । चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका उनीहरु यो पुसको चिसोमा जंगलमा बस्न बाध्य भएका छन् । घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय सञ्चालनमा आएसँगै जंगलमा पुगेका छन् । घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका उनीहरु विद्यालय सञ्चालनमा आएसँगै ओत विहीन...
पुस १, तनहुँ । म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैँचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालू आर्थिक वर्षमा रु २२ लाख ७२ हजार ४९३ सहयोग गरिएको केन्द्रका वरिष्ठ कृषि...
पुस १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ । नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको हो । आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो...
पुस १, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ८, जितपुर सुडालमा दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा फर्ममा आगोलागी भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग सुडाल भक्तपुरबाट प्रहरी टोली खटि गई र स्थानीयहरुको सहयोगमा विहान करिब २ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । गँहुको छ्वालीले छाएको...
मंसिर ३०, काठमाडौं । केही दिन अगाडी सार्वजनिक भएको गायक बद्री पंगेनीको गीत तिम्रो घरमा मेरी छोरीले सामाजिक विभेदको आवाजलाई प्रस्तुत गरेको छ । गायक पंगेनी र गोपाल पोखरेल ठुलेको संयुक्त प्रस्तुती रहेको गीतको म्यूजिक भिडियो समेत उत्कष्ठ बनेको छ । गीतकार नारायण ज्ञवाली, स्वर गायक पंगेनी र रचना रिमालको रहेको छ । संगीत उनी गायकको रहेको छ ।भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?v=sS2o-bJA37Q
अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार मंसिर ३०, पोखरा । फेवातालको मापदण्ड मिचेर तालसँगै जोडेर व्यावसायिक भवन बन्ने क्रम तीव्र बनेको छ। ताल संरक्षणका लागि तालको सीमादेखि ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन नपाइने मापदण्ड पोखरा महानगरपालिकाले तोकेको छ। व्यक्तिको लालपुर्जाको जमिनमा स्थानीयले तालसँगै जोडेर व्यावसायिक भवन बनाउने क्रम बढेको हो। फेवातालको किनार खपौली क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकको गतिविधि...