‘६ सय बर्ष अगाडीदेखि पात्रो सुधार हुन सकेन्’

300

मंसिर २९,
काठमाडौं । पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको नव गठित बागमती बागमती प्रदेशका पदाधिकारीहरुबीच भर्चूवल बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रममा शुभकामना दिदैं नेपाल पन्चाङ्ग निर्णयाक समितिका सदस्य दैवज्ञ कीतिमदन जोशी करिब ६ सय वर्ष अगाडीदेखि नेपालको पात्रो बिग्रीएकाले सुधार गुर्न पर्ने बताएका छन् । उनले पहिले पौष पुर्णिमा उतारायण मंकर संकान्ति उतारायण तर हाल आएरसो गलत भई सकेको हाल मंसिर शुक्ल पुर्णिमामा नयाँ उतारायण पुर्णिमा र धनु संकान्ति लाई करिब करिब ६०० बर्ष अगाडि देखि बनाउन अति आवश्यक भई सकेको जानकारी दिए । यसको शुरूवात करिव ४०० बर्ष अगाडि नेपाल मन्डलका बासिन्दा हरूले यसको शुरूवात गरिसकेको योमरि पुन्हि, ज्यापुन्हिको रूपमा एव श्री निवास मल्ल को पाला देखि ज्येष्ठ पुर्णिमा दिन बर्षा ऋतुको आगमनको शोरूप मेध मल्लहार राग गाउन थालिसकेको जानकारी गराए । बागमती प्रदेशका अध्यक्ष ज्योतिष दिना नाथ पण्डितले आफुलाई समाजले सुम्पेको जिम्मेवारी आफ्नो पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका उपाध्यक्ष प्रा कल्याण पन्त, अन्तर्राष्ट्रिय शाखाको तर्फबाट निजान्नद मल्ल, हरि नारायण मल्ल शुभकामना दिएका छन् । पर्व समय सुधार राष्ट्रिय समाज नेपालको बागमती प्रदेशको अध्यक्षमा ज्योतिष दिनानाथ पण्डित, उपाध्यक्षमा बिवेक राज कार्कि, सचिवमा हिरालाल अधिकारी, सदस्यहरुमा ईश्वरी निदौशी, कृष्ण अवाले, माधवराज सिल्वाल, गोविन्द प्याकुरेल, बिष्णु प्रसाद सापकोटा र प्रबिण धिताल रहेका छन् ।