भक्तपुरमा कांग्रेसको विरोध कार्यक्रममा कस्तो भयो ? तस्विरमा हेर्नुहोस्

430

मंसिर २९,
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर षडयन्त्र बुन्न व्यस्त रहेको आरोप लगाएका छन् । सोमबार कांग्रेसले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुटा मुद्धा लगाउदैं छ ।’ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को समर्थक वा कार्यकर्तालाई चाहीँ जस्तो सुकै अपराध गरेपनि छुट दिने तर, कांग्रेस समर्थकलाई भने झुटा मुद्धा लगाउने गरिएको उनको आरोप छ । भ्रष्टचारीलाई आफ्नै घरमा राखेर प्रधानमन्त्री ओलीले सम्मान गरेको भन्दै उनले अख्तियार, अदालत र सर्तकर्ता केन्द्र आफै हुँ जस्तो ओलीले गरेको बताए ।
प्रमुख प्रतिपक्ष दलका सभापति र प्रधानमन्त्रीबीच भेट हुनु सुन्दर लोकतन्त्रको नमूना भएपनि ओलीसंग भेटपछि आफ्ना पार्टीका सभापति शेरबहादुर देउवाको बदनाम हुने गरेको उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘यो सरकारले के गरिहरेको छ, हामीले भन्नु पर्दैन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन नै काफि छ ।’

वाईड वडी, निर्मला हत्या काण्ड, कोभिड नियन्त्रमा भएको भ्रष्टचार जस्ता कुराले वर्तमान सरकार पूर्ण रुपमा असल भएको कांग्रेस उपसभापति निधीले आरोप लगाएका छन् ।
वर्तमान कम्युनिष्टको सरकार संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशीता विरोधी भएको उनको भनाई छ । मन्त्रालयमा निहित अधिकारी समेत प्रधानमन्त्रीले लिएर प्रयोग गर्नू कहाँको संघीयता हो ? भन्दै उनले प्रश्न गरेका छन् । अब पनि सरकार सच्चिदैन भने कांग्रेसले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ठेगान लगाउने समेत उनले चेतावनी दिएका छन् ।

कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भडेँल, तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थ, कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, भक्तपुरका नेता जिवन खत्री, उद्धव खड्कालगायतले कम्युनिष्ट सरकारले जनविरोधी गतिविधि गरेकाले आन्दोलनको विकल्प नभएको बताए ।