बन्दै हुदैं होटल अन्नपूर्णः हान र होटल श्रमिक युनियनबीच बार्ता जारी

385

पुस ७,
काठमाडौं । निकै पूरानो होटल अन्नपूर्णले व्यवस्थापन जटिलतालाई देखाउँदै एक वर्षका लागि होटल बन्द गरिएको घोषणा गरेको छ । त्यस्तै, यता होटल सोल्टी क्राउन प्लाजाले समेत आफ्नो कर्मचारीमा ४० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ । नेपाल होटल व्यवसायी संघ (हान) र होटल श्रमिक मजदूर संघ तथा श्रमिक संगठन युनियनहरुबीच होटल अन्नपूर्णमा अहिले वार्ता हुँदैछ । कोभिड–१९ का कारण प्रभावित होटल व्यवसायको व्यवस्थापन तथा सो क्षेत्रमा काम गर्ने श्रमिक, मजदूरको समस्या सम्बोधनका लागि छलफल गर्न लागिएको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डेले जानकारी दिए ।

उक्त छलफलमा व्यवसायीहरुको तर्फबाट हान र श्रमिक मजदुरहरुको तर्फबाट तीनओटै श्रमिक संगठन,युनियनका प्रतिनिधिहरु सहभागी रहेको अध्यक्ष पाण्डेले रातोपाटीसँग बताए । ‘कोभिड–१९ का कारण सिर्जित अहिलेको विकराल अवस्थामा होटल व्यवसाय र श्रमिकहरुको व्यवस्थापनको मुद्दा ठूलो चुनौतीको रुपमा देखिएको छ । यसको व्यवस्थापन हामी व्यवसायी मजदुर सबै मिलेर मात्र सम्भव छ । त्यसैले अबको दिनमा के कसरी अघि बढ्ने भेर हामीले व्यवसायीहरुसँग बसेर छलफल गर्न लागेका हौं ।’ उनले भने, ‘यस्तो अप्ठ्यारो स्थितिमा होटल व्यवसायी पनि नमर्ने र यता मजदूरहरुको गाँस, बास, उठिबास हुने अवस्था पनि नआओस् भनेर छलफलबाट मध्यमार्गी बाटो खोज्न लागेका हौं’ पाण्डेले भने । पाण्डेकाअनुसार छलफलका लागि मुख्य तीन मुद्दा अघि सारिएको छ ।