कविताः स्वार्थको महाभारत

-विदुरप्रसाद तिमिल्सिना

देश र जनताका नाममा आज
एक थान खडा गरेर खाल
कथित नामधारी लोकतन्त्रको
भयो रे चीरहरण भनेको सुन्दा
ठटाएर दुर्योधनलेझैँ आफ्नै तिध्रा
सकुनीहरूले बनाए देशलाई
छलकपट खेल्ने मीठो जुवाघर ।

देशलाई बन्धक बनाउने खेलमा
फैलिन्छ सकुनीहरूमा कपट
घृतराष्ट्रहरू बन्दा नायक अब
राज्यले पाउँछ कसरी न्याय ?
विभाजनको विषवृक्ष फाल्न
मौन किन बसेका हुन् कृष्ण
सकुनी जाल चिर्न आज
किन सर्दैनन् अग्र मोर्चामा भीष्म ?

भ्रमले भ्रमित बनाउनेहरू नै
देशलाई रुमल्याउँदैछन् भ्रममा
सिङ्गो देशलाई बनाउँदै कुरुक्षेत्र
आफू सच्चा पाण्डव बन्दै
सफेद झुटका पुलिन्दा बोकी
गर्दैछन् वर्षा बाणका अति
जसरी गरेथे अभिमन्युमाथि ।
रोपेर फैलावटमा विकृतिको चाङ
आफ्नै स्वार्थको महाभारत रचेर
ठटाएर तिघ्रा बनाइ जुवाघर
देशमाथि गर्दैछन् मनोमानी झन ।

चाँगुनारायण-८ भक्तपुर ।