महासेठ प्रचण्डतीर, श्रीमती ओली समूहको भेलामा

98

पुस ७,
काठमाडौं । अहिले राजधानी नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ । सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।