Friday, July 24, 2026
Home Blog Page 1048
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले राजधानीको माइतीघरमा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । नेविसंघका नेता निरञ्जन थापाले संसद विघटन गर्ने ‘प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरोधमा उल्टो हिँडेर’ विरोध प्रदर्शन गरिएको बताए । नेविसंघले ओलीको कदम र कार्यशैलीको विरोधमा...
पुस २४, एजेन्सी । उत्तर कोरियाको सरकारी मिडियाले किम जोङ्ग उनले कूटनीतिक सम्बन्ध बिस्तार गर्नेबारे कुरा गरेको र अन्य कोरियाली सम्बन्धमाथि नयाँ व्यवहार अपनाउने जानकारी दिएको छ । अमेरिकाका नयाँ राष्ट्रपतिको शपथ समारोहभन्दा दुई हप्ता अघि उनले पार्टी बैठकको आयोजना गरे । सत्तारुढ वर्कर्स पार्टीको आठौं बैठक यस्तो समयमा आयोजना गरिएको छ जब अमेरिकाको प्रतिबन्धबाट राहतको बदलामा उत्तर कोरियाको...
पुस २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधिसभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै...
पुस २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको...
पुस २३, सुर्खेत । भेरी नदीमा बिहीबार दिउँसो बस खस्दा मृत्यु भएका एक जनाको सनाखत भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना ५ख ७७५० नम्बरको मिनी बस दिउँसो २ः५० बजेतिर...
पुस २३, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो स्थापना दिवस मनाएको छ । विहिबार संघको सल्लाघारीस्थित कार्यालयमा केन्द्रिय उपाध्यक्ष दिलिप थापामगरको प्रमुख आतिथ्यतामा २४ औं स्थापना दिवस मनाएको हो । शाखाको यहिँ आउँदो माघ १० गते अधिवेशन गर्ने तयारी भईरहेको जिल्ला शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले जानकारी दिएका छन् ।
पुस २२, काठमाडौं । मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद छैन होला । हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर समोसा तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका छन् । बेलायतको बर्मिंघममा यो घटना भएको हो । पे रोलमा जेलमुक्त भएका एक व्यक्ति पुनः जेलभित्र जाने क्रममा आफ्नो अण्डरवेयरभित्र समोसा लुकाएर लैजाँदै गरेको अवस्थामा समातिएका हुन् ।...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । यसअघि मंगलबार...
पुस २२, चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा...
पुस २२, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । पन्त र लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ । शाखाका अध्यक्ष सन्तराम बिडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको...