पेन्टीमा लुकाएर समोसा तस्करी !

355

पुस २२,
काठमाडौं । मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद छैन होला । हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर समोसा तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका छन् । बेलायतको बर्मिंघममा यो घटना भएको हो । पे रोलमा जेलमुक्त भएका एक व्यक्ति पुनः जेलभित्र जाने क्रममा आफ्नो अण्डरवेयरभित्र समोसा लुकाएर लैजाँदै गरेको अवस्थामा समातिएका हुन् । आखिर जेलभित्र जाँदा कट्टुभित्र समोसा लुकाउनुपर्ने कारण के थियो त रु वास्तवमा जेलभित्र राम्रो खाजा खान नपाइने हुनाले आफूले समोसा लुकाएर लगेको उनको दाबी छ । अण्डरवेयरमा समोसा लुकाएर जेलभित्र तस्करी गर्दै गरेका ती अभियुक्तको नाम चाहीँ प्रहरीले खुलाएको छैन । एजेन्सी