Home राजनीति ताजा जनादेशका लागि चुनावमा जानु नै सही

ताजा जनादेशका लागि चुनावमा जानु नै सही

0
ताजा जनादेशका लागि चुनावमा जानु नै सही

पुस २३,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधिसभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताए ।

सरकारलाई काम गर्न नदिइएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिइएका कारण राजनीतिलाई अस्थिरतातिर जान र धमिलिएको राजनीतिलाई सङ्ग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको उनले बताए । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । उनले भने– ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधिसभाको विघटन र चुनाव मिति घोषणा भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here