नेविसंघद्वारा उल्टो हिँडेर विरोध प्रदर्शन

229

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले राजधानीको माइतीघरमा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । नेविसंघका नेता निरञ्जन थापाले संसद विघटन गर्ने ‘प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरोधमा उल्टो हिँडेर’ विरोध प्रदर्शन गरिएको बताए ।
नेविसंघले ओलीको कदम र कार्यशैलीको विरोधमा चर्का नारा समेत लगाएको थियो ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न दल तथा संगठनले सो कदमविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ओलीको सो कदमविरुद्ध सर्वोच्चमा समेत मुद्दा रहेको छ ।