किम जोङ्ग उन किन यति फेरिए

527

पुस २४,
एजेन्सी । उत्तर कोरियाको सरकारी मिडियाले किम जोङ्ग उनले कूटनीतिक सम्बन्ध बिस्तार गर्नेबारे कुरा गरेको र अन्य कोरियाली सम्बन्धमाथि नयाँ व्यवहार अपनाउने जानकारी दिएको छ । अमेरिकाका नयाँ राष्ट्रपतिको शपथ समारोहभन्दा दुई हप्ता अघि उनले पार्टी बैठकको आयोजना गरे । सत्तारुढ वर्कर्स पार्टीको आठौं बैठक यस्तो समयमा आयोजना गरिएको छ जब अमेरिकाको प्रतिबन्धबाट राहतको बदलामा उत्तर कोरियाको परमाण र मिसाइल कार्यक्रम बन्द गर्ने कुराकानी लामो समयसम्म अड्किएको छ ।
सरकारी मिडिया केसीएनएका अनुसार उक्त बैठकको तेस्रो दिन अर्थात् बिहिबार किम जोङ्ग उनले दक्षिण कोरियासँगको सम्बन्धलाई अहिलेको परिस्थिती र फेरिएको समयको हिसाबले बनाउनुपर्ने मुद्दा उठाए र विदेशी नीतिबारे चर्चा गरे । केसीएनएका अनुसार किमले उनको पार्टीको नीति र दिशा विदेशी सम्बन्धलाई बढाउने र विकसित गर्ने कुरामा केन्द्रीत हुने घोषणा गरेका छन् । यस्तै बाइडेनमाथि उत्तर कोरिया र अमेरिकाबीच चलिरहेको गतिरोध तोड्ने जिम्मेवारी छ । सन् २०१९ मा राष्ट्रपति डोनल्ड ट्रम्प र किम जोङ्ग उनबीच दोस्रो शिखर वार्ता कुनै सम्झौतामा पुग्न सकेको थिएन ।