माघ १३,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए।
आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो । त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको...
काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा १२औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बनेको छ । इसेवाले मुलुकका अधिकांश महानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा तहसम्म पुगेर नगदरहित 'क्यासलेस' कारोबार विस्तारलाई प्रभावकारी बनाएको छ । मोबाइल तथा इन्टरनेट...
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ ।दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट ९नेकपा० जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयमै निर्वाचन हुने दाबी गर्नुभयो । उहाँले देश निर्वाचनको बाटोमा गइसकेको भन्दै ओलीले निर्वाचन गराउँदैनन् भन्नेको पछि नलागी चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले अध्यक्षद्वय पुष्पकमल...
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना...
माघ १२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै आज उनले भने, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने...
काठमाडौं । अभिनेता राजेश हमालले चार वर्षपछि अभिनयमा कमब्याक गर्न लागेको फिल्म ‘सत्यम्ः राइजिङ अफ दि हिरोज्’ को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरिएको छ । पोस्टरमा हमालको स्केच फोटो समावेश छ र उनलाई ‘महानायक’ सम्बोधन गरिएको छ । उनको हातमा बन्दुक पनि देख्न सकिन्छ । पोस्टरले फिल्ममा हमाल एक्सन अवतारमा प्रस्तुत हुन लागेको बुझाउँछ ।
फिल्ममा ‘ह्यान्डसम भिलेन’ को...
माघ ११,
काठमाडौं । नेकपा प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा भएको बैठकले कार्वाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए। माघ ५ गते तीनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरण पत्रको जवाफ अहिलेसम्म नआएपछि साधरण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए ।
माघ ११,
काठमाडौं । गायिका सुनिता दुलालको बिवाहको खबर एक कान, दुई कान, मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए । धेरैले अनुमान समेत गरेका थिए, उनको विवाह भैसक्यो । तर, यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी...
माघ ११,
सप्तरी । सप्तरी प्रहरीले नेपाल टेलिकमको बीटीएस साइटबाट विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिराहाको लहान नगरपालिका-१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, वडा नम्वर ३ ढगराहाका ३५ वर्षीय सूर्य नारायण महतो, ३५ वर्षीय पवन जयसवाल र सिराहाकै गोलबजार नगरपालिका-४ का ४१ वर्षीय दिपक अग्रवाल छन् ।प्रहरीका अनुसार पक्राउ परेका...
माघ ११,
मुम्बई । बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिमस् द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ । केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् ।फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा सलमानकी प्रेमिका बन्दैछिन्...









