हमालको स्केच ‘सत्यम्’ पोस्टरमा

347

काठमाडौं । अभिनेता राजेश हमालले चार वर्षपछि अभिनयमा कमब्याक गर्न लागेको फिल्म ‘सत्यम्ः राइजिङ अफ दि हिरोज्’ को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरिएको छ । पोस्टरमा हमालको स्केच फोटो समावेश छ र उनलाई ‘महानायक’ सम्बोधन गरिएको छ । उनको हातमा बन्दुक पनि देख्न सकिन्छ । पोस्टरले फिल्ममा हमाल एक्सन अवतारमा प्रस्तुत हुन लागेको बुझाउँछ ।
फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुप बिक्रम शाहीको पनि अभिनय रहनेछ । उनको चरित्रको लुक्स पनि चाँडै सार्वजनिक गरिने निर्माता रेशम सापकोटाले बताए । यो फिल्ममा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको उनको भनाई छ । फिल्मलाई ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् ।

यो फिल्ममा काम गर्नका लागि सहमति जनाउन हमालले आठ महिनाको समय लिएका थिए । निर्देशक कार्कीका अनुसार, हमालकै अनुरोधमा पूरै फिल्म टुडी ९द्दम्० प्रविधिमा बनिरहेको छ । छायांकन सुरु हुनुभन्दा अगाडि टुडीमा हेरेर आवश्यक सुधार गरिने उनले बताए । फिल्म ‘सौर्य’ पछि दोस्रो पटक सँगै काम गर्न लागेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ ।