गायिका सुनिता दुलालको बिहे !

234

माघ ११,
काठमाडौं । गायिका सुनिता दुलालको बिवाहको खबर एक कान, दुई कान, मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए । धेरैले अनुमान समेत गरेका थिए, उनको विवाह भैसक्यो । तर, यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी छिन ।आफ्नो बिवाहको खबरले आफै आश्चर्यमा परेको सुनिताले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा सुनिताले भनिन्–‘त्यो हल्लामात्रै थियो । त्यो दिन मेरो भाइको बिहे हुँदै थियो तर मेरो भनेर हल्ला भएछ ।’ सुनिताले तत्काल बिहेको कुनै योजना नरहेको बताउँदै आफू प्रेममा पनि नरहेको बताइन् । उनले भनिन्–‘म सिंगल छु । बिहेको साइत कहिले जुर्छ, थाहा छैन । तत्काल कुनै योजना पनि छैन ।’ उनले बिवाह योजना बनाएर हुने कुरा नभएको समेत बताईन् । -अनलाइनखबर