Friday, July 24, 2026
Home Blog Page 1043
माघ ११, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ । ‘तार सडक नजिकै चुट्टिऐको खबर आएको...
माघ १०, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी)को दिनमा मनाइने विश्व संस्कृत दिवसलाई राष्ट्रिय तथा वैश्विक मान्यताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस कार्यपरिषद् गठन गरेको छ । कार्यपरिषद्मा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत विद्वानहरूका साथै स्वतन्त्र अध्येताहरू रहेका छन् । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं....
माघ १० काठमाडौं । जीन्दगी सहज बनाउने सपना बोकेर परदेशमा गएका १८ जना नेपालीको शव आज नेपाल ल्याईएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो ।...
माघ १०, भक्तपुर । नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरले दुई जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ । शनिबार शाखाको २२ औं साधारण सभाको अवसरमा देशान्तर मिडिया गु्रपका निर्देशक तथा वरिष्ठ पत्रकार कविर राणा र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेका हो । वरिष्ठ पत्रकार राणालाई नगद १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट...
सिरहा । सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिए । सो क्षेत्रमा दिनहुँ तीनरचार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १०...
माघ १०, काठमाडौं । जो बाइडनले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै ठूला प्रविधि कम्पनीले खुसी व्यक्त गरिरहेका छन् । एप्पल, गुगललगायत कम्पनीका सीईओले बाइडनलाई बधाई दिइसकेका छन् । बाइडनले पदभार ग्रहणसँगै गरेका विभिन्न घोषणालाई धेरैले स्वागत गरेका छन् । जलवायु परिवर्तन तथा आप्रवासीसम्बन्धी ट्रम्प प्रशासनका निर्णय उल्ट्याउने गरी बाइडनले गरेको निर्णयमा प्रविधि क्षेत्रका मानिसहरु खुसी छन् । तर, यस...
माघ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । यसमध्ये २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् जसमा ५३ जना...
पाल्पा । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक छहारीसँगै...
माघ ९, नगरकोट । काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकामा १२ वडा रहेका छन् । त्यसमध्य तत्कालिन बालुवापाटी देउपुर हाल नगरपालिकाको वडा नम्बर १ र २ हुदै सोही नगरको ५ र ६ भएर मेलिम्ची जाने सडकलाई छुने एउटा सडक वर्षौंदेखि अलपत्र छ । झण्डै ३० वर्ष भन्दा लामो समय भयो यो सडक खनेको तर, वर्षायाम सुरु हुने बित्तिकै कुन्ताबेशीबाट गैरिबिसौनी हुदैं...
माघ ७, काठमाडौं । गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो । चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र...