Sunday, September 27, 2026
Home अर्थ इसेवा १२ वर्षमाः खाता खोल्नेको संख्या ४० लाख

इसेवा १२ वर्षमाः खाता खोल्नेको संख्या ४० लाख

829

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा १२औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बनेको छ । इसेवाले मुलुकका अधिकांश महानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा तहसम्म पुगेर नगदरहित ‘क्यासलेस’ कारोबार विस्तारलाई प्रभावकारी बनाएको छ । मोबाइल तथा इन्टरनेट माध्यमबाट भुक्तानी सेवा दिइरहेको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको कम्पनीले जनाएको छ । अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख इसेवामार्फत सेवा लिइरहेको बताइएको छ ।