Thursday, July 23, 2026
Home Blog Page 1015
जेठ २७, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए । कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो ।...
जेठ २७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।ओलीको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन्...
जेठ २६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक...
जेठ २६, काठमाडौ । नेपाल सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद ल्याएको छ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । जिटुजीमार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध...
जेठ २६, नुवाकोट । शिवपुरी गाउँपालिकालाई कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न संघ संस्था र व्यक्तिले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गाउँपालिकाले शिवपुरी आधारभूत अस्पतालमा २० बेडको आइसोलेशन निर्माण गरि कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । उक्त आइसोलेनमा आवश्यक स्वास्थ्य सामाग्री विभिन्न संघ संस्था र व्यक्तिले राहत स्वरुप प्रदान गरेका हुन् । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकालाई विभिन्न संघ...
जेठ २६ काठमाडौं । मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो । गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २...
भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रह्यो । मंगलबार ९२,७१९ जनामा कोरोना पुष्टि भयो र २,२२२ जनाको संक्रमणका कारण ज्यान गयो । यतिबेला १ लाख ६२ हजार २८० संक्रमित निको भए । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याको कुरा गर्ने हो भने मंगलबार यसमा ७१,७९२...
जेठ २४, काठमाडौं । प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा उनलाई पक्राउ गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।
जेठ २४, सुर्खेत । १९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको हो । युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन...
जेठ २४, भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई गोल्डेन ह्याण्डचेक प्रदान गर्ने भएको छ । नेपाल सरकारले तोकिएको दरबन्दीभन्दा बढि पुल दरबन्दीमा रहेका दरबन्दीलाई मिलान गर्न नगरपालिकाले सामुदायिक विद्यालयमा लामो समयसम्म सेवा गरेका शिक्षकलाई सेवा अवकास लिने अवसर उपयोग गर्दा उच्च सम्मान स्वरुप गोल्डेन ह्याण्ड चेक दिने भएको हो । गोल्डेन ह्याण्ड चेकका...