सूर्यविनायक नगरपालिकाद्धार शिक्षकलाई गोल्डेन ह्याण्ड चेक

136

जेठ २४,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई गोल्डेन ह्याण्डचेक प्रदान गर्ने भएको छ । नेपाल सरकारले तोकिएको दरबन्दीभन्दा बढि पुल दरबन्दीमा रहेका दरबन्दीलाई मिलान गर्न नगरपालिकाले सामुदायिक विद्यालयमा लामो समयसम्म सेवा गरेका शिक्षकलाई सेवा अवकास लिने अवसर उपयोग गर्दा उच्च सम्मान स्वरुप गोल्डेन ह्याण्ड चेक दिने भएको हो । गोल्डेन ह्याण्ड चेकका लागि नगरपालिकाले पन्ध्रदिने म्याद राखी सूचना सार्वजनिक गरेको छ ।
जेठ १९ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार अनिवार्य अवकास हुन एक वर्ष बाँकी रहेका शिक्षकका लागि उक्त अवसर लिदाँ एक लाख ५० हजार रुपियाँ दिने निर्णय भएको छ । त्यस्तै एक वर्ष भन्दा बढि दुई वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि दुई लाख, दुई भन्दा बढि तीन वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि दुई लाख पचास हजार, तीन वर्ष भन्दा बढि र चार वर्षसम्म सेवा अवधि बाँकी रहेका शिक्षकका लागि तीन लाख रुपियाँ र चार वर्ष भन्दा बढि सेवा अवधि बाँकी रहेका शिक्षकका लागि तीन लाख ५० हजार रुपियाँ गोल्डेन ह्याण्डचेक स्वरुप प्रदान गर्ने निर्णय गरिएको सूर्यविनायक नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
नगरपालिका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक बासुदेव थापाले नेपाल सरकारले दरबन्दी मिलान गर्दा यस नगरपालिकामा कार्यरत प्रावि तहका ९३ जना दरबन्दी नगरपालिका भन्दा बाहिर पठाउनुपर्ने निर्णय भएकाले बताउनुभयो ।
नगरपालिकाले लामो समयदेखि खाली शिक्षक दरबन्दी पदपूर्ति नगरिएकाले ९३ जना मध्ये हाल ४३ जना शिक्षक मिलान गर्नुपर्ने बाध्यता नगरपालिकासँग आइपरेकाले यस नगरपालिका भित्र लामो समयदेखि शिक्षा क्षेत्रमा सेवा पु¥याउनु भएका शिक्षकहरुको उच्च सम्मान स्वरुप नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गोल्डेन ह्याण्डचेकको व्यवस्था गरिएको जानकारी दिनुभयो ।