-रमेश प्रजापतिशिक्षक र शैक्षिक बिज्ञहरुले राष्ट्रलाई आवश्यक पर्ने शिक्षा सम्बन्धि निति, योजनाहरु निर्माण र बिकास गर्छन र त्यो राज्यलाई हस्तान्तरण गर्छन राज्यले ती कुरालाई राष्ट्र भरिका स्कुल क्लेज र उच्च बिद्यालयहरुमा लागु गर्छन र देशलाई आवश्यक पर्ने जनशक्ति निर्माणमा र बिकास गर्छन।
ईन्जिनियरहरुले देशको भौतिक आवश्यकताका बाटोघाटो, पुल पुलेसा, ब्यापारिक भवन,अस्पताल, स्कूल क्याम्पसहरु, ठुला ठुला नहर र बिजुलीगृहरु, यातायातका साधन...
जेठ २२,
भक्तपुर । केही दिन अगाडी बजेट भाषणमा गरिबी निवारण कोष खारेज भयो । त्यसका उपाध्यक्ष थिए नेकपा एमालेका नेता निर्मल भट्टराई । उनी एमाले पार्टीबाट नयाँ शक्ति, माओवादी हुदैं पूनः एमालेमा आएका व्यक्ति हुन् । एमालेबाट निस्कदा झलनाथ खनालको सचिवालयमा भएका भट्टराई फर्कदा केपी ओलीको निकट भए । उनले एमाले छोड्नुको कारण भक्तपुरका एमाले नेताहरु र स्वयम् उनलाई...
जेठ २२,
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै...
जेठ २२,
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने आफ्ना दुईजना सांसदको नाम टुंग्याएको छ । कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
बैठकले बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकेको कांग्रेस संसदीय दलका नेता...
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
जेठ २१,
रुपन्देही । कच्चा पदार्थ निकासी गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले रूपन्देही र पाल्पाको सिमानामा रहेको सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघीय सरकारलाई पेस गरेको छ । नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलको ढुंगा, गिट्टी निकासी गर्ने योजनासँगै प्रदेश सरकारको प्रस्ताव पनि स्वीकृत हुने देखिएको छ ।लुम्बिनी प्रदेश सरकारले डाँडा काटेर ढुंगा, गिट्टी निकासी गर्ने र समथर जमिनलाई पर्यटकीय क्षेत्रका...
काठमाडौं । नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गर्नुभएको छ । पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो । आफू निकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेपालले भारतको नाङ्गो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा...
-कृष्ण नेपाली
हो हामीले विनाश गर्यौं प्रकृति तिम्रो सर्वनाश
त्यहि नाशको बदला लिन छेक्दै छौँ है हाम्रो श्वास ?अत्याचारको सिमै थिएन बारुद बमले सर्वनाश
त्यहि नाशको ऋण लागेर छेक्दै छौँ है हाम्रो श्वास ?बलात्कारको सिमै छैन हुन्छ हिंसा पापै पाप
त्यहि पापको ऋण लागेर भोग्दै छौ हामी श्राप ।प्रकृतिको ऋणले गर्दा छैन कुनै भट्ने पार्क
त्यहि पार्क नै भए कतै मान्छे पोल्ने मुर्दाघाट ।प्रकृतिको...
जेठ २०,
काठमाडौं । २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र...










