भारतमा लगातार कोरोना संक्रमितको संख्या घट्दो

84

भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रह्यो । मंगलबार ९२,७१९ जनामा कोरोना पुष्टि भयो र २,२२२ जनाको संक्रमणका कारण ज्यान गयो । यतिबेला १ लाख ६२ हजार २८० संक्रमित निको भए ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याको कुरा गर्ने हो भने मंगलबार यसमा ७१,७९२ को कमी रेकर्ड गरियो । पछिल्लो १५ दिनमा सक्रिय संक्रमितमा १३ लाख ५४ हजार ९७८ को कमी देखियो । भारतमा २४ मेमा २५.८१ लाख सक्रिय संक्रमित थिए जुन घटेर १२.२६ लाख भएको छ ।