Sunday, September 27, 2026
Home समाचार मन्त्रिपरिषद् विस्तार, यस्तो छ नयाँ क्याबिनेट

मन्त्रिपरिषद् विस्तार, यस्तो छ नयाँ क्याबिनेट

99

जेठ २७,
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओलीको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।
यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् ।

यस्तै राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् । यस्तै ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्रीमा कायम हुँदा नारदमुनि राना वन मन्त्री बनेका छन् ।

यस्तै गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) रहेका छन् । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।