Wednesday, July 22, 2026
Home Blog Page 1014
असार २, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ३ दिनको मौसम पूर्वानुमान यस्तो गरेको छ ।२०७८ असार २ गते (बुधबार)दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना...
असार २, एजेन्सी । सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए । शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग...
असार २, सिन्धुपाल्चोक । इन्द्रावती र उक्त भेगका अन्य नदीमा आएको बाढीले सिन्धुपाल्चोक जिल्लामा ठुलो क्षति गरेको छ । के कति क्षति भयो भन्ने एकिन विवरण नआएपनि मेलम्चि बजार, तिम्बु, किउल, सेरमाथानलगायतका स्थानमा बाढीले हानी नोक्सानी गरेको हो । ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । दिउँसोदेखिको अविरल...
मनाङ । लगातारको वर्षाका कारण आएको बाढीले विस्थापित भएका मनाङका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ। डुबानमा परेकाहरुलाई मंगलबार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी ९सिडिओ० विष्णु लामिछानेले जानकारी दिए ।सिडिओ लामिछानेले भने, ‘ताल गाउँ, चामे बजारका स्थानीयबासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सार्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिरहेका छन्।’ लामिछानेका अनुसार नासोँ...
असार १, काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर...
असार १, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकतथा वित्तयि संस्थाका अधिकांश शाखा कार्यालयहरु आजबाट खुलेका छन् । सरकारले निषेधाज्ञाखुकुलो बनाएर एक साता थप गर्ने निर्णय पछि मंगलबार बैंकका अधिकांश शाखा कार्यालयखुला भएका हुन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललेस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर न्युनतम शाखाहरु खोल्न बैंकहरुलाई निर्देशन दिइएकोबताए । उनका अनुसार यति नै शाखा कार्यालय खोल्नु भनेर संख्या...
जेठ ३०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरि २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा...
जेठ ३०, काठमाडौं । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उनले बताए । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।शैक्षिक सत्र सुरु...
जेठ ३०, भक्तपुर । चीनको एक शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । बि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । नेपालमा तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै भक्तपुरमा...
जेठ २७, एजेन्सी । बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले पहिलो पटक आफ्नो जिन्दगीमा यस्तो परिस्थिती आएको उल्लेख गरेकी छिन् । कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको बताएकी छिन् ।कंगनाले...