राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनजना विरुद्ध किटानी जाहेरी

261

जेठ २४,
सुर्खेत । १९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको हो ।
युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुन विरुद्ध जाहेरी परेको हो । प्रवक्ता घर्तीकाअनुसार उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेका छन् ।