४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति भयोः नगरप्रमुख थापा

112

असार २६,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको बताए ।
नगरपालिकासंगको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले भने ‘हामी निर्वाचित भएको ४ वर्षको अवधिमा ६७ किलोमिटर सडक कालोपत्रे र ढलान सम्पन्न भइसकेको छ ।’ थापाले आफूहरुले नगरपालिकाबाट प्रवाह गरिने सेवा र पूर्वाधार विकासको क्षेत्रमा निकै ठूलो फड्को मारेको भन्दै अबको १० महिनामा समेत धेरै काम गर्ने बताए । उनले नगरपालिकाबाट गएका ९५ प्रतिशत योजना कार्यान्वयन भएको भन्दै केन्द्र र प्रदेशको अलपत्र योजनाका कारण नगरपालिकाले आलोचना खेप्नुपरेको गुनासो गरेका छन् । नगरपालिका क्षेत्रको पर्यटन विकासका लागि अब निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख थापाले बताए ।

नगरपालिकाकी उपमेयर जुना बस्नेतले भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकामा भ्रमण गर्न आउने सबैलाई सूर्यविनायक आउने वातावरण बनाउन सके सूर्यविनायकले पर्यटन क्षेत्रबाट ठूलो रोजगारी र आम्दानी सिर्जना गर्नसक्ने अवस्था रहेको बताइन् । ‘जडिबुटीबाट छिरेका सबै पर्यटकलाई सूर्यविनायक क्षेत्रमा भ्रमण गर्ने वातावरण बनाउनुपर्छ, यो सम्भव पनि छ,’ उपमेयर थापाले भनिन् ।

कार्यक्रममा नगरपालिकाको वडा नं. ८ का अध्यक्ष किरण थापाले डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना समेत निकै बढेर गएको बताए । उनले सूर्यविनायक नगरपालिकाका १० वटा वडाका ११ शिवालयलाई डोलेश्वर महादेवसँग जोडेर शिव सर्किट बनाउन डीपीआर समेत तयार भइसकेको जानकारी दिए ।

सो कार्यक्रममा नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यावधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता केसीले बताए । नगरपालिकाले हालसम्म १ करोड भन्दा माथिका ४४ वटा, ३० लाख भन्दा माथिका ८२ वटा र ५ लाखदेखि माथिका ७८६ वटा गरी जम्मा ९१२ वटा आयोजना सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाको गतिविधि र सम्भावनाबारे टिप्पणी गर्दै वरिष्ठ पत्रकार जुनार बस्नेतले नगरपालिकाहरुले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्ने बताए ।कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्य, पत्रकार महासंघका केन्द्रिय एशोसियट तर्फका सचिव पवन आचार्य, भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले स्थानीय विकास र जनचासोका सम्बन्धमा मिडियाको चासो र सचेतना अभिवृद्धि गर्ने प्रयास गरिरहेको बताए ।

नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी एवं पत्रकारहरुले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनको सँग जोड्नुपर्नेमा जोड दिए ।

उनले सूर्यविनायक नगरपालिकामाथि संस्कृति मासेको आरोप लाग्ने गरेको भन्दै त्यसमा सत्यता नभएको बताइन् । ‘हामीले संस्कृति मासेका छैनौं, त्यसलाई व्यवस्थित गरेका छौं । त्योसँगै विकासका काम पनि गरेका छौं । नगरपालिकामा ६ देखि २४ मिटरसम्मका सडक बनाएका छौं,’ उनले भनिन् ।

सो कार्यक्रममा नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा