चाँगुनारायणले नगरपालिकाले सामुदायिक होमस्टेलाई सहयोग गर्ने

274

असार २४,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सामुदायिक होमस्टेलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख सोम प्रसाद मिश्रले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ मा होमस्टे तालिमको समापन कार्यक्रममा मिश्रले भने यदि होमस्टे सचालन गर्न समस्या भए हामी सहयोग गर्न प्रतिवद्ध छौं । पैसा नभएर काम रोकिदैंन, तपाईहरु इमान्दार हुनु पर्दछ, सहुलियत पूर्ण व्याजमा नगरपालिकाले ऋण दिलाउन मद्दत गर्नेछ भन्दै मिश्रले होमस्टे सुरु गर्न आग्रह गरेका छन् । भक्तपुर आउने केही प्रतिशत पर्यटकलाई मात्र नगरकोट र चाँगुक्षेत्रमा आर्कषित गर्न सके स्थानीय स्तरमा परिर्वतन हुने उनको भनाई छ । स्थानीय भाषा, कला संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई खुवाउन सके होमस्टे झनै लोकप्रीय हुने नगरप्रमुख मिश्रले बताए ।

चाँगुनारायणकी उपप्रमुख विना बास्तोलाले आर्थिक सम्वृद्धि र विकाशकोलागि पर्या पर्यटन निकै महत्वपूर्ण हुने र त्यसको लागि होमस्टे एक माध्यम भएको बताइन् । कार्यक्रममा प्रशिक्षक राजकुमार लामिछाने, सुरज बास्तोला, मनिषा श्रेष्ठलगायतले होमस्टेका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा चाँगुका २० जना सर्वसाधरणहरुले भाग लिएका छन् । यसैसबीच चाँगुनारायण सामुदियक होम स्टे (घर बास)को अध्यक्षमा कृष्ण मगरलाई समेत चयन गरेको छ । चाँगुनारायण नगरपालिकाको आदिवासी जनजाति उत्थान कार्यक्रम अन्तर्गत १० दिने होमस्टे(घरबास)अभिमुखिकरण तथा आतिथ्यता तालिम भएको होमस्टे एशोसियन बास्तोलाले बताए ।

कार्यक्रममा वडा नम्बर ४का वडा अध्यक्ष बुद्धिलाल महर्जन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी अधिकारी, वडा सदस्य दिनेश खनाललगायतको उपस्थिती रहेको थियो ।