कोरोना संक्रमणः २१६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

131
सांकेतिक तस्विर

असार २६,
काठमाडौं । नेपालमा २४ घण्टामा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ ९पीसीआर० र ४३ हजार ४५ ९एन्टिजेन० पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।