Sunday, September 27, 2026
Home खेलकुद दोस्रो बागमती प्रदेश खेलकुदमा भक्तपुरको उत्कृष्ट प्रस्तुती

दोस्रो बागमती प्रदेश खेलकुदमा भक्तपुरको उत्कृष्ट प्रस्तुती

277

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरको तर्फबाट सहभागी भएका खेलाडीहरुलेउत्कृष्ट प्रस्तुती गरेका छन् । भक्तपुर जिल्ला खेलकुद बिकास समितिद्धारा १३ वटै खेलहरुमा सहभागिता जनाएको अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् । भक्तपुर ऐतिहासिक सफलता प्राप्त गर्दै विभिन्न खेलमा खेलाडीले पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

जस अन्तर्रगत बक्सिङ खेलको फाईनलमा तीन वटा गोल्ड मेडल सहित टिम तेस्रो हुन सफल भएको छ । जस अनुसार खेलाडी बिजय वाटा,अस्मिता दुवाल, भावना भण्डारीले गोल्ड मेडल प्राप्त गरेका हुन् ।
यसैगरी एथलेटिक्स खेलमा रेस्तिना सितिखु ५००० मिटरमा तृतीय त्यस्तै ४/४००मिटर रिलेमा उर्जा मधिकर्मि,श्रयस्का सिल्पकार ४/४००मा प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल भएको छ ।

जुडो खेल तर्फ दुर्गा पुरि ७० के.जि मा दोस्रो, सगुन सुनुवार तृतीय,हिमाल राई निसान राई बद्री नारायण श्रेष्ठ ,सुजन खड्का ,सगुन सुनुवार बिनिता नेपाली जुडो टिम फाईट खेलमा तृतीय , उसु खेलमा सोनीया पोख्रेल प्रथम,अन्जना ढुंगेल दोश्रो, तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामा पहिलो र पबित्रा सुनुवार तृतीय स्थान हुन सफल भएका छन् ।

त्यस्तै आइ.टि.अफ तेक्वान्दोमा सरु बि. क, स्वयता राई,मुना राई, सबिना तामाङ समिर श्रेष्ठ प्रथम दिलिप आले सुबर्ण आले मगर निपु शर्मा सौरब बि.क सबिना राई सरु बि.क समिर श्रेष्ठ दोस्रो स्थान (टिम गेम) अजय तामाङ र रुक्मुनि चौधरी दोस्रो, प्रेम केशव थापा दिलासा बस्नेत तेस्रोर कराते खेलमा भावना राई प्रथम र दिप्सना श्रेष्ठ तारा तामाङ सजिना तामाङ ऋसब राजबाहक तृतीय हुन सफल भएका छन् ।

अध्यक्ष थापाले प्रतियोगितामा खेलाडीहरूको लागि दिन रात खट्ने टिम कोचहरु,टिम भक्तपुर बाट प्रतिस्पर्धा गर्ने सम्पूर्ण खेलाडीहरु प्रति आफु र जिल्ला खेलकुद बिकास समिती हार्दिक आभार व्यक्त गरेका छन् ।