Saturday, October 17, 2026
Home समाज पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम

पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम

3

कास्की : पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ। ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा परिणत हुने गर्दछ, जसले गर्दा सुन्दर हिमालको दृश्यसँगै स्थानीय बासिन्दाले डुबानको सास्ती भोग्दै आएका छन् पोखराको बीचमा रहेको रामघाट क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर र आकर्षक छ। विशेषगरी सफा मौसममा यहाँबाट देखिने हिमश्रृंखलाको दृश्यले पर्यटक र स्थानीय दुवैलाई लोभ्याउने गर्दछ। तर यही क्षेत्र वर्षेनी बाढीको कारण जलमग्न हुनु यहाँको पुरानो समस्या बनेको छ।