सूर्यविनायकमा मेयर कप कराँते च्याम्पियनसिप- २०८३ सम्पन्न

1

भक्तपुर । सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको सूर्यविनायक मेयर कप कराँते च्याम्पियनसिप २०८३ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा टिम च्याम्पियन हुन सफल अरनीको माध्यमिक विद्यालयले १० स्वर्ण ६ रजत २ कास्य नगद पुरस्कार २० हजार प्राप्त गरेको थियो । टिम च्याम्पियन बन्न सफल भएको छ ।

दधीकोट डोजो द्वितीय स्थान हुन सफल भएको छ। जसमा ५ स्वर्ण ३ कास्य ४ रजत सहित नगद पुरस्कार रु १५ हजार दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। यसैगरी प्रतियोगिताको तृतीय स्थान ब्लुबर्ड स्कुलले २ स्वर्ण ५ कास्य १७ रजत सहित रु १० हजार प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ। यसैगरी प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीमा प्रविन तामाङ दधीकोट डोजुका उत्कृष्ट महिला खेलाडीमा पूजा दास श्रेष्ठ अरुणको माध्यमिक विद्यालयका भएकी छिन् ।

यसैगरी उदयमान खेलाडी पुरुषतर्फ आदन धोजु दधिकोट डोजुका र उदयमान महिला खेलाडी तेजस्वी सिजखु इ किट्सका रहेका छन् ।
उत्कृष्ट महिला पुरुष खेलाडीहरूले नगद रु जनही ५ हजार प्रदान गरिएको थियो । उदयमान महिला पुरुष खेलाडीले नगद रु जनही ३ हजार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १९० जना खेलाडी भाइबहिनीहरूले सहभागी जनाएका थिए ।

समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष पुष्पराज बस्नेत, नेपाल सितेरियो संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुर जिल्लाका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकीलगायत सितिरे कराते सँगसँगै आबद्ध हुनुभएका महानुभावहरूको उपस्थिति रहेको थियो ।