चैत्र ५ गते राष्ट्रिय पुरुष इन्डोर हक्की हुने

240

फागुन २६,
काठमाडौँ । काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिए ।
नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर हक्की क्लब, पोखरा हक्की क्लब, सुदूरपश्चिमाञ्चलको द हेल्प क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।
त्यसैगरी, विदेशबाट भने डिफेन्डिङ च्याम्पियन संयुक्त अरब इमिरेट्स ९दुबई०को किङ खान हक्की क्लबको सहभागिता रहनेछ । एकदिने उक्त प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ ।