Friday, October 16, 2026
Home समाज हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

4

काठमाडौं : मनाङको नार–फू क्षेत्रमा पर्ने ७,१२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्।
एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले घटनाको पुष्टि गर्दै हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको जानकारी दिए। उनका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन छन्। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पनि घटनाबारे विभागले बुझ्ने प्रयास गरिरहेकझ जानकारी दिए।