भलिवल प्रशिक्षक उत्सवलाई भारतमा एफआईभीबीको दोस्रो चरणमा सफलता

175

काठमाडौं । नेपालका भलिवल प्रशिक्षक उत्सव खड्काले भारतमा एफआईभीबीको दोस्रो चरणको कोचेस कोर्ष पुरा गरेका छन् । उनले भलिबल फेडरेशन इण्डिया र डा.शिभांथी आदित्यन रिजिनल डेभलमेन्ट सेन्टर फर भलिबल चेन्नाईद्धारा द्धारा भएको कोर्षमा खड्काले दोस्रो चरण पार गर्न सफल भएका हुन् । १० वर्षको उमेरदेखि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलको प्रशिक्षण गरेका उनले २०६६ सालमा पीएलए स्पोर्टस क्लवले गरेको राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रको टिमबाट डेब्यु गरेका थिए ।
हाल जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुर र टिप् टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंका प्रशिक्षक उनले जवालाखेल भलिबल प्रशिक्षण केन्द्रबाट थुप्रै क्लब च्याम्पियनहरु खेलेका छन् । २०७५ सालसम्म राष्ट्रिय प्रतियोगीताहरु, र क्लव च्याम्पियन प्रतियोगीतामा उनी सहभागि भएका थिए । खड्काले गरेको उक्त कोर्षमा भारत, अफगानिस्तान, नेपाल, ग्रीसलगायत देशका ३२ जना सहभागी थिए ।