काठमाडौँ । आज साताकाे तेस्राे काराेबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आज साेही सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यसदिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको हाे ।
आज प्रि-ओपन सेसनमा ७ स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
यसैगरी, आज बाँकी २ स्टकको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ ।