बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ

42

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु पर्ने बताउनुभएको छ । हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल सामाजिक सञ्जालबाट पनि थाह हुने बताउँदै उहाँले उनीहरू कुलतमा त छैनन् नि भन्ने विषयमा निगरानी गर्नु पर्ने बताउनुभएको हो ।
दुवाकोटमा स्थित नर्थ इस्ट इङ्लिस सेकेण्डरी स्कुलको २६ औँ अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले बालबालिका कता तिर जाँदै छन् भनी विद्यालय र अभिभावक दुवैले निगरानी गर्नुपर्ने बताउनुभएको थियो ।
विद्यालयले शिक्षा त दिँदै आएका छन् तर व्यवहारिक शिक्षामा भने अहिलेका पुस्ता पछाडि परेका बताउँदै उहाँले व्यवहारिक शिक्षामा विद्यालयले जोड दिनु पर्ने बताउनुभएको थियो ।
ग्रामीण भेगमा रहेर पनि भाइ बहिनीहरूलाई राम्रो शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले ठुलो भुमिक खेलेको बताउँदै उहाँले विद्यालयको प्रशंसा गर्नुभएको थियो ।