बिकृति हटाउन प्याब्सनले पहल गर्ने

255

फागुन १६,
काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले शिक्षा क्षेत्रमा रहेका विसंगतिहरु हटाउँने प्रतिवद्धता जनाएको छ ।
प्याव्सनको नयाँ केन्द्रीय कार्यसमितिले सोमबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिबद्धता जनाएको हो । पत्रकार सम्मेलनमा निजी क्षेत्रप्रति राज्यले प्रदर्शन गरिरहेको व्यवहार र सो मुताविक बनेका बन्दै गरेका नीति नियम, सामाजिक दृष्टिकोण एवं उत्तरदायित्व, राष्ट्रप्रतिको सेवाभाव, पेशागत हकहित र नेपालको शिक्षा क्षेत्रको भविष्य जस्ता विषयहरुमा बन्ने योजना, नीति तथा कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको अध्यक्ष बिजय सम्बाहाम्फेले बताए ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा राष्ट्रमा संघीय कानुन निर्माण भैसेके पश्चात सोही अनुरुपको संघीय संरचना निर्माण गर्दै संभवत न्यायालय क्षेत्रपछि प्याब्सनले संघीय व्यवस्थाको सफल अभ्यास गरेको समेत जनाइएको छ ।
त्यस्तै समाज र राष्ट्र, शैक्षिक एवं सामाजिक विकासका विभिन्न क्षेत्रहरुमा प्याब्सन र सदस्य विद्यालयहरुले गरेको योगदान, लक्षित बर्गलाई सरकारी नीति नियमबमोजिम १० प्रतिशत छात्रवृत्ति, कर्णाली क्षेत्रको शैक्षिक उन्नयनका लागि १ प्रतिशत शिक्षा सेवा शुल्कलगायतका विषयहरुवारे सबैलाई सूसुचित गराउन प्याब्सनले पहल गर्ने जनाइएको छ ।