एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

670

असोज १५,
काठमाडौं । एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको हो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएकोमा एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।