Sunday, September 27, 2026
Home राजनीति ओलीले राजीनामा दिए अझै पार्टी एकता सम्भव : नारायणकाजी श्रेष्ठ

ओलीले राजीनामा दिए अझै पार्टी एकता सम्भव : नारायणकाजी श्रेष्ठ

797

फागुन २६

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अझै पार्टी एकताको सम्भावना रहेको बताएका छन्।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’

ओलीले पदबाट राजीनामा दिएमा एउटै पार्टीबाट सरकार बन्न सक्ने तर्क गरे। ओली राजीनामा नदिएर पार्टी एकताको वातावरण बनाउन नचाहेको दाबी गरे।

ओली समूहमा रहेको माओवादी नेताहरूको विषयमा पनि छलफल भइरहेको बताए।