दुवाकोटमा रानिशा ब्युटिपार्लर संचालनमा आयो

219

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न २ दुवाकोट शुभमंगल चोकमा संचालित रानिशा ब्युटिपार्लर संचालनमा आएको छ । दुवाकोट शुभमंगलम् चोकमा संचालित रानिशा ब्युटिपार्लरको उद्घाटन गर्दै नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा उहाँले महिलालाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना संचालन गर्नुपर्नेमा जोड दिंनुभयो । महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्ने बताउँदै नेतृ संग्रौलाले महिलाहरु कसैको पछि लागेर भन्दा पनि आफैं सकृय भएर नेतृत्वमा आउनपर्ने बताउनुभयो ।

उहाँले पार्लर संचालन महिला सकृयता,सीप , सशक्तिकरण र सौन्दर्यको नमुना भएको भन्दै यसले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा महिला संघ भक्तपुरका अध्यक्ष सरु बानियाँ,संघका सिन्धुली जिल्ला अध्यक्ष गंगा दाहाल,सौन्दर्यकर्मी चाँदनी घिमिरे, संगीता फुयाँल आचार्य, सृजना मल्ल ठकुरी लगायतले रानिशा ब्युटिपार्लरको प्रगतिको कामना गर्नुभयो ।

ब्युटिपार्लर संचालिका निरु शाह मल्ल ठकुरीले अतिथि सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको साथ, सहयोग ,माया अनि सद्भावका ेअपेक्षा गरिरहने बताउनुभयो ।
रु १५ लाखको लगानीमा संचालित ब्यटि पार्लरमा फेसियल,थे्रेडिङ लगायतका सेवा उपलब्ध हुनुका साथै यस सम्बन्धि तालिम समेत प्रदान गरिने संचालिका ठकुरीले बताउनुभयो ।
संचालिका ठकुरीले यसै क्षेत्रको अनुभव र केही लगानी गरेर पार्लरलाई सौन्दर्य र यस सम्बन्धि तालिमको केन्द्र बनाउने सोच रहेको बताउनुभयो ।