माधव नेपालसहित २० सांसदको सरकारलाई २५ बुँदे ध्यानाकर्षणपत्र

168

भदौ २४,
काठमाडौं । विभिन्न दलका सांसदहरुले कोरोना भाइरस रोकथाममा सरकारले गरेका कामको अनुगमन र भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्न माग गरेका छन् । त्यसका लागि उनीहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । संसदमा विद्यमान रहेका विभिन्न संसदीय समितिहरुमा कोभिडबारे छलफल भएर निर्देशन दिएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेकाले छट्टै समिति गठन गर्न माग गर्दै मंगलबार २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको काँग्रेसका सांसद भीमसेनदास प्रधानले जानकारी दिए ।

उनले संसदीय समितिहरु भएपनि कोभिडलाई कुनैपनि समिति वा मन्त्रालयले फोकस नगरेकाले छुट्टै समिति आवश्यक भएको दावी गरे । उनले उद्योग, शिक्षा, स्वास्थ्यलगायत कोभिडका कारण प्रभाव परेका क्षेत्रहरु हेर्ने समितिहरु भएपनि ति समिति मात्रै पर्याप्त नभएको बताए ।