‘निषेधाज्ञाको गोली जनतातर्फ नबर्साउनुहोस्’

86

भदौ २४,
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले दशैंसम्म निषेधाज्ञा र उपत्यका भित्रिने नाकामा सेना परिचालन गर्नुपर्ने भनि दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । बुधबार थापाले सामाजिक सञ्चाल फेसबुकमा सीडीओहरुले केको आधारमा यो धारणा दिँदै छन् भनेर प्रश्न उठाएका हुन् ।

सरकारले सबै जिम्मेवारी सीडीओहरुलाई दिएको भन्दै जिल्ला प्रशासनले जारी गर्दै गरेको अहिलेको निषेधाज्ञाका सन्दर्भमा अब गम्भीर भएर छलफल र प्रश्न उठाउन आवश्यक भएको बताएका छन् ।
जनस्वास्थ्यको विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशील विषय कार्यान्वयन गर्ने निकायलाई नै सबै निर्णय गर्ने जिम्मेवारी पनि थोपरेर राजनीतिक नेतृत्व पन्छिन खोज्नु दुर्भाग्यपूर्ण भएको थापाको भनाइ छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा रहेका उनले बताएका छन्।

सरकारले रोग र भोकबाट आहत नागरिकलाई सीडीओ र स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भरमा छोड्दिन थालेको भन्दै यसलाई रोक्न उनको आग्रह छ । उनले सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसंग संवाद गर्ने हिम्मत गर्न आग्रह गरे ।