चाँगुनारायणमा सामुदायिक विद्यालयमा पढ्ने ‘छोरीको बचत खाता’, युवालाई ‘रोजगार कार्यक्रम’ सुरु

325

भदौं २५,
भक्तपुर । चाँगुनारायणले नगरपालिकाले नगर परिषदबाट पारित गरेको दुई महत्वपूर्ण योजनाहरु विधिवत रुपमा सुरु गरेको छ । बुधबार नेपाल बैँक लिमिटेडसँग सम्झौता गरे कार्यक्रमको सुरुवात गरेको हो । आर्थिक वर्ष २०७७/०७८को महत्त्वपूर्ण कार्यक्रम ूबचत खाता छोरीको, सुरक्षा जिवनभरिकोू र ‘मेयर उद्यमशिलता कार्यक्रम’ संचालनको लागि बैँकसँग सम्झौता गरिएको नगरप्रमुख मिश्रले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।

सम्झौताको अनुसार आगामि दिनबाट बचत खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम संचालन हुनेछ कार्यतालिका रहेको छ । यस कार्यक्रम संचालनको लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित समेत गरिसकेको छ । ‘बचत खाता छोरीको, सुरक्षा जिवनभरिको’ अन्तरगत चाँगुनारायण नगरपालिकाको स्थानिय छात्रा सामुदायिक विद्यालयमा अध्ययनरत छन् उनीहरूको एक बैँक खाता खोलिने छ । यस खातामा नगरपालिकाले प्रत्येक वर्ष चार हजार रुपैँया जम्मा गरिदिने नगरपालिकाले जनाएको छ । यसरी खातामा जम्मा भएको रकम छात्राहरूले सामुदायिक विधालयबाटै मा.वि तह पास गरे पश्चात् झिक्न पाउने छन् । तर, यस बाहेक पनि अरू मापदण्ड यस कार्यक्रमको शर्तहरू उल्लेख गरिएको छ । यस कार्यक्रमले नगरक्षेत्रमा बालबिबाह, स्कुल ड्रपआउट संख्या घटाउनु साथै सामुदायिक बिधालय प्रतिको आकषर्ण बढाउने नगरपालिकाले विश्वास लिएको छ ।

‘मेयर उद्यमशिलता कार्यक्रम’ अन्तरगत चाँगुनारायण नगरपालिकाले उद्यमशिलता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यस कार्यक्रम मार्फसम्झौता अनुसार अब चाँगुनारायण नगरपालिकाले संचालन गर्न लागेको मेयर उद्यमविकाश बिकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्र उध्यम गर्न चहाने बेरोजगार युवा र बिदेश बाट विभिन्न कारणले स्वदेश फिर्ता भएका युवा हरुलाइ रु ३ लाख सम्म ऋण नेपाल बैंकले उपलब्ध गराउने छ भने उक्त ऋण रकमको ब्याज नगरपालिकाको कार्यालयले बेहोर्ने छ । स्वदेशमै केही गरौ भन्ने युवाहरूलाई प्रोत्साहन स्वरुप र नगरपालिका भित्र बेरोजगारीलाई स्वरोजगारीमा बदल्न कार्यक्रम दीर्घकालीन रुपमै फलदायी हुने नगर प्रमुख मिश्रको विश्वास लिएका छन् । सो कार्यक्रममा नगरप्रमुख मिश्र, उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी, बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलगायतको उपस्थिती रहेको थियो ।